काठमाडौं । एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ ।
गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको थियो ।
काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । उहाँका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पु¥याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो ।
करिब चार÷पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो । गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उहाँले जानकारी दिनुभयो ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ । छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको...