काठमाडौं । करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सामाग्रीको करिब रु ६० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । रासस
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...
काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...