२०७९ आश्विन ११
September 27, 2022, Tuesday

६ हजार बालबालिकालाई खोप

६ हजार बालबालिकालाई खोप

काठमाडौं । रुकुम पूर्व मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन् ।

जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम ९पूर्व०का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।

सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मेडर्ना खोपको पहिलो मात्रा लगाएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यही पुुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथाउत्तरगङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो ।

स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ । खोप कार्यक्रम सुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करिब साढे ६ हजारको हाराहारीमा रहेको आकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म खोप लगाएका बालबालिकाको सङ्ख्या ६ हजार बढी भइसकेको र अझै धेरै बालबालिका खोप लगाउन बाँकी रहेको गिरीले बताउनुभयो । स्वास्थ्य कार्यालयमा पुस २० गतेसम्म मोडर्ना खोप लगाउने कार्यक्रम चल्ने बताइएको छ ।रासस

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ पुष १६, शुक्रबार ०९:२०

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ पुष १६, शुक्रबार ०९:२०

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
  • २०७८ पुष १६, शुक्रबार ०९:२०

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र...

TOP