२०७९ चैत्र १३
March 27, 2023, Monday

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ


काठमाडौं । अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले बताएको छ । निरपेक्षता र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन् । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।

उदाहरणका लागि, अफगानिस्तानमा २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा धेरै संख्या २८ ,५०० भन्दा बढी रहेको छ जुन विश्वव्यापी रूपमा सबै प्रमाणित बाल हताहतहरूको सङ्ख्याको २७ प्रतिशत हो ।

यसैबीच, मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन् । गत वर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएका छन्, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, वर्ष(वर्ष, द्वन्द्वरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणको लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन्।

बालबालिकाहरू पीडामा छन् र यो लापरवाहीका कारण केटाकेटीहरू मरिरहेका छन्। यी बालबालिकाहरूलाई हानिबाट जोगाउन हर प्रयास गर्नुपर्छ,ू फोरले भने।

युनिसेफले सन् २०२१ को तथ्याङ्क अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिकाविरुद्ध २६ हजार ४२५ गम्भीर मानवीय व्यवहार उल्लङ्घनका घटना संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको जनाएको छ ।

सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लङ्घनहरूको समग्र संख्यामा थोरै कमी देखिएको थियो तथाप अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ ।

Related News

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७८ पुष १८, आईतवार १४:१२ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
  • २०७८ पुष १८, आईतवार १४:१२ गते

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित
पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित
  • २०७८ पुष १८, आईतवार १४:१२ गते

एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ...

TOP