२०७९ मंसिर २४
December 10, 2022, Saturday

‘ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारीमा लाग्नुपर्छ’

‘ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारीमा लाग्नुपर्छ’

काठमाडौं ।  स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ ।

महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएकाले थप सजग हुँदै तयारीमा लाग्नुपर्ने निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदेश र स्थानीय तहका स्वास्थ्य निर्देशननालय तथा कार्यालयलाई भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने, हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न भनिएको छ । समुदायमा जोखिम क्षेत्र हटस्पट पत्ता लगाएर एन्टिजिन किटद्वारा परीक्षणको दायरा बढाउन भनिएको छ ।

महामारीको जोखिम बढिरहेकाले महाशाखाले पहिचान भएका कोभिड–१९ केसको आइसोलेशन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । पहिचान भएका सङ्क्रमितसँग सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको पोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा खोप प्रयोगमा वृद्धि गर्न महाशाखाले भनेको छ ।

घरमै होम आइसोलेशनमा रहेका र क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न भनिएको छ ।

Related News

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
  • २०७८ पुष १८, आईतवार १८:३० गते

काठमाडौं, ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण आजदेखि सुरु भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने काम सुरु गरिएको...

नेवार समुदायको यःमरी पुन्हि पर्व धुमधामका साथै मनाइँदै
नेवार समुदायको यःमरी पुन्हि पर्व धुमधामका साथै मनाइँदै
  • २०७८ पुष १८, आईतवार १८:३० गते

काठमाडौ, लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौं चाडपर्वको आफ्नै महत्व र...

उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : प्रधानमन्त्री देउवा
उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : प्रधानमन्त्री देउवा
  • २०७८ पुष १८, आईतवार १८:३० गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना...

TOP