काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो ।
“मिति २०७८ साल पुस १८ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामखज्यूले मिति २०७८ साल पुस २२ गते बिहीबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...
काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...
काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...