२०८० जेष्ठ २२
June 5, 2023, Monday

वीरगञ्जमा रातको समयमा अवैध काठ बरामद

वीरगञ्जमा रातको समयमा अवैध काठ बरामद

काठमाडौं ।  पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ६४।११ क्युफिट सालको काठ बरामद भएको छ भने सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो ।

प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको गस्ती टोलीले वीरगञ्ज माानगरपालिकाको वडा नं ३२ टोल रामवन बस्ने आइते विक, नरबहादुर विक, अर्जुन खत्री, टीका पौडेल, गोपाल पौडेलको घरमा छापमारी गरी ती काठ बरामद गरेको हो । सालको गोलाइ, चिरपट, चौकट, चिरान गर्ने दुईवटा मोटर मेसिन, साइकल, फर्निचर बनाउने सामानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो । नौ साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोक अगाडिबाट सालको गोलिया बरामद गरेको सबडिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले जानकारी दिनुभयो । गोलिया ओसारपसार गर्ने क्रममा प्रहरीलाई देखेपछि साइकल र काठ छाडेर तस्कर फरार भएको उहाँको भनाइ छ । ‘काठ कसले कहाँबाट ल्याएको हो’ भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

ती काठ र मेसिनलाई आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनीहारमा राखिएको छ भने फरार व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

माछा लोड गरिएको गाडी प्रहरी नियन्त्रणमा

भन्सार छली नेपाल भित्र्याएको माछा लोड गरिएको एउटा पिकअप गाडीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फेटा गाउँपालिका–१ बाट प्रहरी गस्ती टोलीले उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको थियो । माछा तथा माछा ओसार्न प्रयोग गरेको गाडीसहित भन्सार मूल्य रु सात लाख बराबरको मूल्याकङ्न गरी बा४च ६०९१ नंको पिकअप गाडीसमेतलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ पुष १८, आईतवार १०:२४ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ पुष १८, आईतवार १०:२४ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
  • २०७८ पुष १८, आईतवार १०:२४ गते

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र...

TOP