२०८० चैत्र १५
March 28, 2024, Thursday

५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज पक्राउ

५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज  पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् ।

सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई आज पक्राउ गरी काठमाडौं ल्याउनेक्रममा रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

करेन्ट चाउचाउको कार्टुनमा हालेर सौर्य एयरमार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम रिसिभ गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पक्राउ परेका हुन् ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ पुष १८, आईतवार १६:०१ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ पुष १८, आईतवार १६:०१ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ पुष १८, आईतवार १६:०१ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

TOP