२०७९ मंसिर १२
November 28, 2022, Monday

निर्मला हत्या प्रकरण :एक भारतीय नागरिकको डीएनए जाँच

निर्मला हत्या प्रकरण :एक भारतीय नागरिकको डीएनए जाँच

काठमाडौं । निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो ।

प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।

सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बतायो ।

पक्राउ परेका उनको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

Related News

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ पुष १९, सोमबार १०:३८ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ पुष १९, सोमबार १०:३८ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
  • २०७८ पुष १९, सोमबार १०:३८ गते

काठमाडौ, प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । रास्वपा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको...

TOP