ठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जना उम्मेदवारहरू तय गरेको छ । एमालेको आइतबार भएको सचिवालयको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो ।
एमालेले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे ९झापा०, महिलातर्फ सुमित्रा भण्डारी झापा र अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा सोलुखम्बु, प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव धनुषा र महिलातर्फ विना साह रौतहट वाग्मती प्रदेशमा खुलातर्फ गोपाल शाक्य ललितपुर र महिलातर्फ निरकुमारी कुँवर निरु दर्लामी सिन्धुली, गण्डकी प्रदेशबाट खुलातर्फ पुण्यप्रसाद पौडेल कास्की, महिलातर्फ लीला पोखरेल थनेट नवलपुर र दलिततर्फ गोविन्दबहादुर नेपाली बाग्लुङ लाई उम्मेदवार तोकेको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा खुलातर्फ रामदयाल गुप्ता दाङ, महिलातर्फ भारती खनाल बाँके र दलिततर्फ कृष्णबहादुर सुनार गुल्मी कर्णाली प्रदेशमा खुलातर्फ चुडामणि शर्मा सुर्खेत, महिलातर्फ गङ्गा थापा महत जुम्ला र अल्पसङ्ख्यकतर्फ पदमबहादुर माझी दैलेख लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ डिल्लीराज भट्ट डोटी, महिलातर्फ सन्तोषकुमारी शर्मा कैलाली र दलिततर्फ नरेश विक बैतड० लाई बनाइने भएको छ । रासस
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...
हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...