२०८१ बैशाख ६
April 18, 2024, Thursday

हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

काठमाडौं । हिमपहिरामा परेर बेपत्ता भएका यहाँका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।

हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो ।

गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन् । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ ।

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७८ पुष १९, सोमबार १४:५६ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ पुष १९, सोमबार १४:५६ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ पुष १९, सोमबार १४:५६ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP