काठमाडौं । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको र अवस्था स्थिर रहेको छ भने अन्य पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सिन्ह्वाका अनुसार आपतकालीन दमकल र सार्वजनिक सुरक्षा विभागका ७२० भन्दा बढी कर्मचारी बेपत्ता व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगेका छन्।
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...
काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...