२०८० जेष्ठ २२
June 5, 2023, Monday

जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए

जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौं ।  जुम्ला जिल्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन् । कार्यालयले छवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि यही पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो ।

यसअघि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट पनि मतदाता नामावली सङ्कलन भएको जिल्ल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा मङ्सिर १७ गतेदेखि हिमा गाउँपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिका तथा दोस्रो चरणमा गुठीचौर गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।

कार्यालयका अनुसार पातारासीबाट ३२३, हिमाबाट १३७, तातोपानीबाट ३००, गुठीचौरबाट ३०८, कनकासुन्दरीबाट ११५ र तिला गाउँपालिकाबाट २९३ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्याभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, कार्यालयबाट ३०४ र जिप्रकाबाट ४५१ तथा इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट २१३ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका १३१ जनाले जिल्ला निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “मतदाता नामावली सङ्कलनका लागि छवटा दर्तास्थल राखिएका थियो । प्रत्येक महिनाको मतदाता सङ्कलनको रिपोर्ट केन्द्रीय कर्यालयमा पठाउने गरेका छाँै । जिल्लाका स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार ११४ रहेका छन् जसमा पुरुष ३५ हजार ६५६ र महिला ३२ हजार ४५८ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सो तथ्याङ्क हेर्दा मतदाता नामावली सङ्कलनमा जुम्लामा मतदाताको निराशजनक सहभागिता देखिएको छ ।

स्थानीय तहको पदाधिकारीको पदावधि आगामी जेठ ५ मा सकिँदैछ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । कर्णाली प्रदेशमा २९ हजार २२८ जना मतदाता थपिएको निर्वाचन अयोगले जनाएको छ । आयोगले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा चार महिनाअघि मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । रासस

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ पुष २०, मंगलवार १४:५४ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ पुष २०, मंगलवार १४:५४ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
  • २०७८ पुष २०, मंगलवार १४:५४ गते

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र...

TOP