काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २७०० अंकको विन्दुनजिक पुगेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ६३.०१ अंकले वृद्धि भएर २६७९.९५ अंकमा बन्द भएको छ ।
आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से परिसूचक २६ सय ७९ अंकमा पुगेर रोकिएको छ ।
मंगलबार धेरै शेयर मूल्इ बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...
काभ्रे- जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष...
काठमाडौँ- आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ३...