२०८१ बैशाख ८
April 20, 2024, Saturday

किसान समूहलाई हाते ट्र्याक्टर वितरण

किसान समूहलाई हाते ट्र्याक्टर वितरण

काठमाडौं । किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको शिखर नगरपालिकामा हाते ट्याक्टर वितरण गरेको छ ।

मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले नगरपालिकाका पाँच वटा कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो ।

साइन नेपालद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत किसानको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

नगरपालिकाको सिफारिसमा भागेश्वर किसान समूह, रानीढुङ्गा, तल्लिसैन, कैलपाल र डडिया किसान समूहलाई ती हाते ट्र्याक्टर उपलब्ध गराएको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।

ट्र्याक्टर पाएपछि आफूहरुको कामको बोझ घट्ने र आयआर्जनमा वृद्धि हुने भागेश्वर किसान समूहका अध्यक्ष राधिका शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोरुबाट खेती किसानीको काम गर्दा समय बढी लाग्ने र दुःख पनि बढी थियो, अहिले हाते ट्र्याक्टर पाउँदा किसानलाई कामको बोझमा पनि कमी र छिटोछरितो काम हुने छ ।”

समूहगतमा वितरण गरिएका ट्र्याक्टरको समुदायमा सही सदुपयोग भएमा आवश्यकता अनुसार अझ थप्न सकिने संस्थाले जनाएको छ । उक्त संस्थाले जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सीपमूलक तालिमलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यसैगरी जाडो बढ्दै गएपछि उक्त संस्थाले नगरपालिकाभित्र बसोबास गर्ने विपन्न, एकल महिला तथा वृद्धवृद्धा गरी करिब ३०० जनालाई कम्मल वितरण गरेको छ ।

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७८ पुष २०, मंगलवार १४:२७ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ पुष २०, मंगलवार १४:२७ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ पुष २०, मंगलवार १४:२७ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP