२०८० चैत्र १६
March 29, 2024, Friday

चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु ९ जना बेपत्ता

चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु ९ जना बेपत्ता

काठमाडौं । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको  भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको र अवस्था स्थिर रहेको छ भने अन्य पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिन्ह्वाका अनुसार आपतकालीन दमकल र सार्वजनिक सुरक्षा विभागका ७२० भन्दा बढी कर्मचारी बेपत्ता व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगेका छन्।

Related News

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
  • २०७८ पुष २०, मंगलवार १५:१६ गते

एजेन्सी : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली...

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ पुष २०, मंगलवार १५:१६ गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ पुष २०, मंगलवार १५:१६ गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

TOP