२०८० चैत्र १६
March 29, 2024, Friday

‘राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाऔँ’

‘राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाऔँ’

काठमाडौं । विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाइनुपर्ने माग गरेको छ । आगामी साता पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा उक्त पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ ।

“संसारका अधिकांश देशहरूमा विशिष्ट महत्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो,” विज्ञप्तिमा भनिएको छ ।

पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर यही २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ प्रारम्भ गर्ने तथा उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुन जनाउँदै यसमा सहभागी हुन सम्पूर्ण नेपालीमा अपिल गरेको छ ।

Related News

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७८ पुष २०, मंगलवार १४:२३ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७८ पुष २०, मंगलवार १४:२३ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७८ पुष २०, मंगलवार १४:२३ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP