काठमाडौं । संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।
यहाँ केही दिनयतादेखि मौसमका कारण यस्तो अवरोध व्यहोर्नुपरेको बताइएको छ । पछिल्ला केही दिनयता यहाँ वर्षा र हिमपात भएको छ ।
यसका कारण यहाँ मानवीय सहयता वितरण गर्ने काममा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ परेको छ भने अधिकांश स्थानमा पानी पनि परेको छ । यसका कारण जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरु पनि वर्षा र हिमपातका कारण हुन सकेका छैनन् ।
यो हिमपातले यहाँका स्थानीयलाई असर गरिरहेको छ भने मानवीय सहायता सामग्री वितरणको लागि काम गरिरहेका संयुक्त राष्ट्रसंघीय र अन्य संस्थाका सहायताकर्मी पनि विरामी परेका बताइएको छ ।
यहाँ पछिल्लो समयमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधिहरु उपलब्ध गराइरहेका छन् ।
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...
काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...