काठमाडौं । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।
देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चुनियान सहरनजिकै मुल्तान सडकमा ट्रक पल्टिँदा अर्को एक जनाको मृत्यु हुनुको साथै अर्को एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । मुख्यतया यहाँ मर्मत नगरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण दुर्घटना हुने गरेको पाइन्छ ।
एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...
एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...
एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ...