काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते धुम्बाराहीमा विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।
सो पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले विधान संशोधन र कार्यसमिति चयनका लागि विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने मुख्य एजेण्डा बोकेको उक्त पार्टीले युवालाई विदेश पलायन हुनबाट रोक्न विनाधितो सहुलियत ब्याजदरमा रु १५ लाखसम्म ऋण उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
राष्ट्रिय नागरिक पार्टीले हाल देशभर ३१ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको छ । विशेष महाधिवेशनपछि देशभर ७७ वटै जिल्ला र सबै स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । विसं २०७० सालमा स्थापना भएको राष्ट्रिय नागरिक पार्टीले विसं २०७५ मा पहिलोपटक विशेष महाधिवेशन गरेको थियो ।
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...
काठमाडौ, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको...