काठमाडौं । विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध प्रदर्शन गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
बुधबार काठमाडौंको माइतीघरमा एमबीबीएस र बीडीएसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । एमबीबीएसमा तोकिएभन्दा विभिन्न शीर्षकमा अतिरिक्त ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै प्रदर्शन गरिएको हो ।
मेडिकल कलेजहरूले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग परीक्षा शुल्कका नाममा १० हजार रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएका हुन् । थप शुल्क नबुझाए परीक्षामा बस्न नदिने धम्की दिने गरिएको विद्यार्थीले गुनासो गरेका छन् ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...