काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै नेता कोइरालाले पाटी सभापतिले गरेको केन्द्रीय सदस्य नियुक्तको विषयमा कुन मापदण्ड अपनाएर छनोट गरिएको हो भनि प्रश्न गरेका हुन्।
‘नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ’, उनले भनेका छन्।
सभापतिको एकल निर्णयले निष्ठावान, सक्षम र इमान्दार कार्यकर्ता पाखा लाग्ने स्थिति आएमा आफूहरू त्यसविरुद्ध डटेर लड्ने कोइरालाले बताए ।
‘मलाई थाहा छ हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौँ होला । तर पार्टीभित्र हुने सबै निर्णहरू विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक होस् भन्ने चाहान्छौँ । यी सबै विषयमा हामी आवाज उठाउन सक्ने कि नसक्ने मलाई लाग्छ हामी सक्छौँ,’ उनले भने ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...