२०७९ चैत्र १८
April 1, 2023, Saturday

भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित

भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित

काठमाडौं । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ४१ हजार ९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७।८१ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

Related News

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
  • २०७८ पुष २२, बिहीबार १३:०९ गते

एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ । विद्यालय समयमै टेनेसी राज्यको...

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७८ पुष २२, बिहीबार १३:०९ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
  • २०७८ पुष २२, बिहीबार १३:०९ गते

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...

TOP