काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।
महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको उनको भनाइ छ ।
“महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?,” केन्द्रीय सदस्य चौधरीले भने, “आफैँ सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।”
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...