२०७९ चैत्र १३
March 27, 2023, Monday

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा दिएको जानकारी अनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४.१ अर्ब युआन ९करिब ६ अर्ब ९० करोड अमेरिकी डलर० प्राप्त भएको छ।
तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो । पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।

पठार क्षेत्रमा अहिले १०० भन्दा बढी उच्च मूल्याङ्कन गरिएका पर्यटकीय आकर्षणहरू, २,७०० भन्दा बढी पर्यटन उद्यमहरू र २,३०० भन्दा बढी होमस्टेहरू सञ्चालनमा छन्।
सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२.६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ।

Related News

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७८ पुष २२, बिहीबार १५:२९ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
  • २०७८ पुष २२, बिहीबार १५:२९ गते

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित
पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित
  • २०७८ पुष २२, बिहीबार १५:२९ गते

एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ...

TOP