२०७९ मंसिर २४
December 10, 2022, Saturday

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

काठमाडौं । धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

Related News

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
  • २०७८ पुष २२, बिहीबार १६:१६ गते

काठमाडौं, ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण आजदेखि सुरु भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने काम सुरु गरिएको...

नेवार समुदायको यःमरी पुन्हि पर्व धुमधामका साथै मनाइँदै
नेवार समुदायको यःमरी पुन्हि पर्व धुमधामका साथै मनाइँदै
  • २०७८ पुष २२, बिहीबार १६:१६ गते

काठमाडौ, लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौं चाडपर्वको आफ्नै महत्व र...

उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : प्रधानमन्त्री देउवा
उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ : प्रधानमन्त्री देउवा
  • २०७८ पुष २२, बिहीबार १६:१६ गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना...

TOP