२०८१ बैशाख ६
April 18, 2024, Thursday

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्र्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताउनुभयो ।

उहाँले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताउनुभयो । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था अवश्यक भएको उल्लेख गर्नुभयो ।

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ पुष २२, बिहीबार १८:४२ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ पुष २२, बिहीबार १८:४२ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
  • २०७८ पुष २२, बिहीबार १८:४२ गते

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा...

TOP