काठमाडौं । कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशन सुरु भएको छ । मुगु, हुम्ला र कालीकोटबाहेकका सात जिल्लामा एमालेको अधिवेशन पूर्व निर्धारित समयमै प्रारम्भ भएको हो ।
एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार आज सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, जुम्ला र डोल्पामा जिल्ला अधिवेशन भइरहेको छ । उहाँले अधिवेशनको पहिलो दिन उद्घाटनसँगै बन्दसत्र हुने र शनिबार नेतृत्व चयनको प्रक्रिया थालिने बताउनुभयो ।
कालीकोटको अधिवेशन शनिबार, मुगुको अधिवेशन पुस २७ गते तथा हुम्लाको अधिवेशन आगामी माघ २३ गते हुने भएको छ । तयारी अपुग, मौसम बदलीलगायत कारणले ती जिल्लामा निर्धारित समयमा अधिवेशन हुन नसकेको हो । यसैबीच, सुर्खेतकमो वीरेन्द्रनगरमा एमालेको जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य यामलाल कँडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सङ्गठनलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
अधिवेशनमा एमाले सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावत, प्रदेश कमिटी सचिव कमल शाही, केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय बालाराम शर्मा र बालकृष्ण बिसीलगायतले शुभकामना दिनुभएको थियो ।
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...