२०७८ माघ ८
January 22, 2022, Saturday

घट्यो सुनचाँदीका मूल्य

घट्यो सुनचाँदीका मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

Related News

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
  • २०७८ पुष २३, शुक्रबार १३:४०

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । पाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच...

साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
  • २०७८ पुष २३, शुक्रबार १३:४०

 काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार...

सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
  • २०७८ पुष २३, शुक्रबार १३:४०

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको...

TOP