२०७९ चैत्र १३
March 27, 2023, Monday

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्स०को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

छनोट भएका उम्मेदवारमा रिब्दीकोट–७ पाल्पा निवासी कृष्णबहादुर कार्की, ललितपुर–२३ निवासी डा केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापा निवासी प्रविन पन्दाक, शिवसताक्षी, झापा निवासी रमेश घिमिरे र आँटफैला नवलपरासी निवासी डा रमेशकुमार भण्डारी रहेका छन् ।

समितिको सूचनाअनुसार छनोटमा परेका उम्मेदवारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताकोे मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसिइओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो ।

समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ । रासस

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७८ पुष २३, शुक्रबार १५:४९ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ पुष २३, शुक्रबार १५:४९ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ पुष २३, शुक्रबार १५:४९ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

TOP