काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् ।
शुक्रबार ६१ जिल्लाका अधिवेशन उद्घाटन गर्ने क्रममा अध्यक्ष ओलीले माघ १२ गते हुने चुनाव एमालेको पक्षमा नआउने सम्भावना रहेको बताएका हुन् ।
राष्ट्रिय सभा चुनावमा अहिलेको जनमत प्रतिनिधित्व नहुने भन्दै उनले अगाडि भने, ‘राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन । त्यो यथार्थ जनमत होइन ।’ आजभन्दा ४ वर्षअघि व्यवस्थापनका नाममा विभिन्न पक्षमा सिट बाँडफाँड गरेकाले आफ्ना निम्ति अनुकूल नतिजा नआउने ओलीले बताएका हुन् ।
राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...