काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास जाने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो ।
उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्यका लागि दुवै नेताहरु ओली निवास पुगेर आग्रह गर्ने बताए ।
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित २७ जना नेताहरु संसदमा आधा पनि उपस्थित नभएको पाइएको छ...