२०८० चैत्र १५
March 28, 2024, Thursday

कर्णालीका सात जिल्लामा एमाले जिल्ला अधिवेशन सुरु

कर्णालीका सात जिल्लामा एमाले जिल्ला अधिवेशन सुरु

काठमाडौं । कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशन सुरु भएको छ । मुगु, हुम्ला र कालीकोटबाहेकका सात जिल्लामा एमालेको अधिवेशन पूर्व निर्धारित समयमै प्रारम्भ भएको हो ।

एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार आज सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, जुम्ला र डोल्पामा जिल्ला अधिवेशन भइरहेको छ । उहाँले अधिवेशनको पहिलो दिन उद्घाटनसँगै बन्दसत्र हुने र शनिबार नेतृत्व चयनको प्रक्रिया थालिने बताउनुभयो ।

कालीकोटको अधिवेशन शनिबार, मुगुको अधिवेशन पुस २७ गते तथा हुम्लाको अधिवेशन आगामी माघ २३ गते हुने भएको छ । तयारी अपुग, मौसम बदलीलगायत कारणले ती जिल्लामा निर्धारित समयमा अधिवेशन हुन नसकेको हो । यसैबीच, सुर्खेतकमो वीरेन्द्रनगरमा एमालेको जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य यामलाल कँडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सङ्गठनलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

अधिवेशनमा एमाले सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावत, प्रदेश कमिटी सचिव कमल शाही, केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय बालाराम शर्मा र बालकृष्ण बिसीलगायतले शुभकामना दिनुभएको थियो ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ पुष २३, शुक्रबार १७:२१ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ पुष २३, शुक्रबार १७:२१ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
  • २०७८ पुष २३, शुक्रबार १७:२१ गते

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP