काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भन्नुभयो ।
सभामुख सापकोटाले भन्नुभयो, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।”
कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नुभएको थियो ।
सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको थियो ।रासस
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...