२०७९ मंसिर १२
November 28, 2022, Monday

पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित

पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित

काठमाडौं । पाकिस्ताामा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् ।यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ । देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो ।

सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको यहाँको प्रहरीले जनाएको छ । त्यस दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते पनि भएका बताइएको छ । मुरीमा भारी मात्रामा हिमपात भएको छ । त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फसेका छन् । ती सवारी साधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ ।

Related News

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
  • २०७८ पुष २५, आईतवार १४:४० गते

एजेन्सी, ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने...

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
  • २०७८ पुष २५, आईतवार १४:४० गते

एजेन्सी, चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९...

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
  • २०७८ पुष २५, आईतवार १४:४० गते

एजेन्सी, इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर...

TOP