२०७९ असार १४
June 28, 2022, Tuesday

बतास समूहले दियाे मन्त्री आलेको जागिर खाइदिनेसम्मको धम्की

बतास समूहले दियाे मन्त्री आलेको जागिर खाइदिनेसम्मको धम्की

काठमाडौं – नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्ट लगायतका संरचना रोक्न पर्यटन मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूहले मन्त्री आलेको जागिर खाइदिनेसम्मको धम्की दिएको छ ।

आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका हुन् । आफ्ना बारेमा देशभरिबाट नै समाचारहरू आउन थालेपछि हच्किएको बतास समूहले केही सञ्चारमाध्यमका प्रतिनिधि बोलाएर यस्तो धम्की दिएको हो ।

‘तपाईंहरूले हाम्रो पक्षमा समाचार लेखिदिनुपर्यो,’ ती व्यक्तिले भने, ‘हामीले सक्नेसम्म ज्याक लगाएका छौं । मन्त्री आलेले आफ्नै अध्यक्ष माधवकुमार नेपालले भनेको पनि मानेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको पनि मानेनन् । अब उनको जागिर जान्छ ।’

उनले आफ्नो पक्षमा लेखिदिन पत्रकारहरूलाई प्रलोभनसमेत दिएका छन् । नारायणहिटी, पशुपति, सेती नदीमा कब्जा जमाएको बतास समूहले अफ्नाबारे चौतर्फी आक्रमण हुन थालेपछि अनेक उपाए लगाउन थालेको छ ।

कतिपयले मन्त्री आलेले प्रधानमन्त्री पत्नी आरजु राणासँग टसल परेपछि यस्तो निर्णय लिएको हुनसक्ने अनुमानसमेत गरेका बेला बिहीवार राणाले भने बतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी थिइन् ।

तर बतास समूहको वेबसाइटमा भने केही दिनअघिसम्म राणालाई सल्लाहकारको पोर्टफोलियोमा राखिएको थियो । अहिले साइटबाट राणाको नाम हटेको छ ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका माधवकुमार नेपालनिकट स्रोतले भने नारायणहिटी दरबारमा निर्माणाधीन संरचना नरोक्न कुनै दबाब नदिइएको बताएको छ ।

पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका थिए । उनले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य रहेको स्रोतले बताएको छ ।

आलेले उक्त समितिलाई तीन दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएका छन् । आलेको यो निर्देशनले बतास समूह र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अप्ठेरोमा परेका छन् ।

नारायणहिटी दरबारभित्र क्याफेसम्म संचालन हुन सक्ने भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईले संसदीय समितिमा अभिव्यक्ति दिएका थिए । भट्टराईले अस्वीकार गरेपनि नारायणहिटीभित्र क्याफे लगायतका अन्य व्यवसाय संचालन हुनुमा भट्टराईको समेत हात रहेको खुलासा भइसकेको छ ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट चल्न थालेको समाचार ब्रेक भएपछि देशैभरबाट बतासको कब्जामा रहेका सरकारी सम्पत्तिका बारेमा भटाभट समाचारहरू आउन थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा पोखराको सेती नदी ४० वर्षसम्म बतासलाई उत्खनन गर्न लीजमा दिइएको खुलेको छ भने पशुपतिनाथ परिसर भित्र रहेको धर्मशालालाई होटेल बनाएर चलाइएको पनि खुलासा भएको छ ।

पोखराको संग्राहलय, पाटन दरबार स्क्वायरलगायत धेरै सरकारी र ऐतिहासिक महत्वका स्थानहरूमा बतासले आफ्नो कब्जा जमाएको बताइएको छ ।

जुन राजनीतिक दल सत्तामा हुन्छ त्यसैसँग निकट रहेर देशभरिका ऐतिहासिक स्थानहरू कब्जामा लिएर व्यवसाय गर्ने गरेको बतास समूह यतिबेला आफ्नो कर्तुत छोप्न प्रधानमन्त्रीलगायत अन्य नेताहरूको दैलो धाउन थालेको छ ।  अन्नपूर्ण टाइम्स बाट

Related News

मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
  • २०७८ पुष २५, आईतवार ०९:५१

काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ पुष २५, आईतवार ०९:५१

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष २५, आईतवार ०९:५१

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

TOP