काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट अखिल नेपाल महिला सङ्घ समाजवादी भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।
भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा अखिल नेपाल महिला सङ्घ ९समाजवादी० को नगर कमिटीसमेत गठन गरेको छ । ती मध्ये भक्तपुरमा उमाकुमारी श्रेष्ठ र कविता चौगुठी, मध्यपुरमा सुनिता रानाभाट र चन्द्रकला पौडेल, सूर्यविनायकमा कल्पना केसी र कल्पना सुवाल, चाँगुनारायणमा शान्ति खड्का र सुलोचना सुवेदी क्रमशः अध्यक्ष र सचिवमा चयन हुनुभएको छ ।
नेकपा ९ एकीकृत समाजवदी० भक्तपुरका महिला नेत्रृ रीता अवालका सभापतित्वमा सम्पन्न भेलालाई नेकपा ९एकीकृत समाजवादी०का स्थायी कमिटी सदस्य बागमती प्रदेश कमिटीका अध्यक्ष एवं अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष सावित्रा भुसाल, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज ध्रुवराज विष्ट, केन्द्रीय सदस्य तथा भक्तपुर सहइन्चार्ज सुशीला सुवेदी, भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले महिला अधिकार सुनिश्चितका लागि महिला लाग्नुपर्नेमा जोड दिनुभयो ।
–––
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...
काठमाडौं– नेपाल भ्रमणमा रहेकी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा दुई...
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र...