२०७९ आश्विन ११
September 27, 2022, Tuesday

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागी पीडितलाई सहयोग

काठमाडौं ।मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो ।

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।

सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गर्नुभयो ।

दावाछिरिङ लामाबाट रु २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु २० हजार, खारीगाउँका १३ घरबाट रु २७ हजार, मनमान बुढाबाट रु २० हजार बराबरको बत्ती सहयोग प्रदान गर्नुभएको थियो । यसैगरी एनसिएनएफ, एनसिएफ नेपालको रु आठ लाख बराबरको कम्बल, चामल र म्याट सहयोग गर्नुभएको समाजसेवी रजनी भामले जानकारीदिनुभयो ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ पुष २५, आईतवार १०:०४

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ पुष २५, आईतवार १०:०४

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
  • २०७८ पुष २५, आईतवार १०:०४

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र...

TOP