२०७९ मंसिर १२
November 28, 2022, Monday

सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु

सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु

काठमाडौं । सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिणपूर्वी सानलिउर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतंककारीहरुले राखेका विस्फोटक पर्दाथ विस्फोटमा परी तीन सैनिकहरू मारिएका मन्त्रालयले जनाएको छ ।

सिरियाको उत्तरी सीमावर्ती शहर ताल अब्यादबाट एक सैन्य गाडी गुज्रिरहेको बेला विस्फोट भएको स्थानीय डेमिरोरेन समाचार एजेन्सी डीएचएले जनाएको छ ।टर्कीका सेना र यस क्षेत्रका वाईपीजी सदस्यहरूबीच सिरियाली सीमामा प्रायः गोलाबारी हुने गरेको पाइन्छ ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएका र यसैक्रममा ४० हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।

Related News

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
  • २०७८ पुष २५, आईतवार १४:३६ गते

एजेन्सी, ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने...

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
  • २०७८ पुष २५, आईतवार १४:३६ गते

एजेन्सी, चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९...

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
  • २०७८ पुष २५, आईतवार १४:३६ गते

एजेन्सी, इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर...

TOP