२०८१ बैशाख ७
April 19, 2024, Friday

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागी पीडितलाई सहयोग

काठमाडौं ।मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो ।

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।

सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गर्नुभयो ।

दावाछिरिङ लामाबाट रु २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु २० हजार, खारीगाउँका १३ घरबाट रु २७ हजार, मनमान बुढाबाट रु २० हजार बराबरको बत्ती सहयोग प्रदान गर्नुभएको थियो । यसैगरी एनसिएनएफ, एनसिएफ नेपालको रु आठ लाख बराबरको कम्बल, चामल र म्याट सहयोग गर्नुभएको समाजसेवी रजनी भामले जानकारीदिनुभयो ।

Related News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०७८ पुष २५, आईतवार १०:०४ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ पुष २५, आईतवार १०:०४ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ पुष २५, आईतवार १०:०४ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP