२०८१ बैशाख ७
April 19, 2024, Friday

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताउनुभएको छ । उहाँले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्नुहुँदै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताउनुभयो ।

उहाँले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाउनुभयो ।

प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उहाँले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताउनुभयो ।

कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उहाँले समयक्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गर्नुभयो । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उहाँको परिवारको रु ५० करोड लगानी रहेको छ । रासस

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ पुष २५, आईतवार १९:२२ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ पुष २५, आईतवार १९:२२ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
  • २०७८ पुष २५, आईतवार १९:२२ गते

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा...

TOP