२०७८ माघ ४
January 18, 2022, Tuesday

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

नेकपा एमाले चितवनको अधिवेशन स्थगित


काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमाले चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गर्नुभएको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए । रासस

Related News

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २६, सोमबार १५:३१

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
  • २०७८ पुष २६, सोमबार १५:३१

काठमाडौँ ।  प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले सांसदको...

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल
सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल
  • २०७८ पुष २६, सोमबार १५:३१

काठमाडौं ।  सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।...

TOP