२०७८ माघ ४
January 18, 2022, Tuesday

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

काठमाडौं । चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।

हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरु निकै अप्ठेरोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गर्नुभएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको हो ।

अफगान नागरिक यतिबेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरु फुकुवा गर्नुपर्ने उहाँको भनाई थियो ।
चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

Related News

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
  • २०७८ पुष २७, मंगलवार १२:४३

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको...

अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
  • २०७८ पुष २७, मंगलवार १२:४३

काठमाडौं । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना...

चीनले सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई ४ हजार टन चामल पठायो
  • २०७८ पुष २७, मंगलवार १२:४३

काठमाडौं । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले...

TOP