२०७८ माघ ८
January 22, 2022, Saturday

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

काठमाडौं। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो ।

सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ मुद्दामा फरार रहेका एक, चोरी मुद्दामा फरार रहेका एक, अंशवण्डा मुद्दामा फरार रहेका एक, सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीबाट दुई महिना तीन दिन कैद र रु ५५ हजार ५०१ जरीवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराधमा सजाय पाएर फरार रहेका प्रतिवादीको पक्राउ अभियान तीव्र पारेको छ ।

Related News

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
  • २०७८ पुष २७, मंगलवार १०:०५

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
त्रिशूली अस्पतालमा सेवा प्रभावित
  • २०७८ पुष २७, मंगलवार १०:०५

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
  • २०७८ पुष २७, मंगलवार १०:०५

काठमाडौँ ।  जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत्...

TOP