२०७८ माघ ८
January 22, 2022, Saturday

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

काठमाडौं ।  भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् ।

विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मङ्गलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मङ्गलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताउनुभयो ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ । “विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन”, उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ ।

Related News

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
  • २०७८ पुष २८, बुधबार ०९:३०

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
त्रिशूली अस्पतालमा सेवा प्रभावित
  • २०७८ पुष २८, बुधबार ०९:३०

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
  • २०७८ पुष २८, बुधबार ०९:३०

काठमाडौँ ।  जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत्...

TOP