२०८० चैत्र १५
March 28, 2024, Thursday

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

काठमाडौं ।  नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न  पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो । 

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिनुभयो । 

बाजुरा अध्यक्षमा शाही 

नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन हुनुभएको छ । 

एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन हुनुभएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिनुभयो । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।   

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ पुष २८, बुधबार ०९:०२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ पुष २८, बुधबार ०९:०२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ पुष २८, बुधबार ०९:०२ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP