२०७८ माघ ८
January 22, 2022, Saturday

अमेरिका जाने लोभमा पर्दा…

अमेरिका जाने लोभमा पर्दा…

काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।

उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरु विरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो । उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर रु २७ लाख मागेका थिए । एक पीडितबाट उनीहरुले पटकपटक गरी रु १९ लाख लिएकोसमेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पु¥याइ बोलेभियाहुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पु¥याउदा सेटिङ नमिलेको भनी फर्काए । उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पु¥याई कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए । यस्तै उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । उनीहरुले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पु¥याइएको खुल्न आएको छ ।

अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो । विसं २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले रु १५ लाख लिएकोसमेत खुल्नआएको छ ।

सोही आधारमा खोजतलासका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौँको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । केसीको भने खोजी जारी रहेको बताइएको छ । रासस

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ पुष २९, बिहीबार १५:०५

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २९, बिहीबार १५:०५

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २९, बिहीबार १५:०५

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP