२०७८ माघ ४
January 18, 2022, Tuesday

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

काठमाडौं ।जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् ।

यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।

त्यस्तै यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताउनुभयो ।

Related News

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
  • २०७८ पुष २९, बिहीबार १४:३१

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको...

अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
  • २०७८ पुष २९, बिहीबार १४:३१

काठमाडौं । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना...

चीनले सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई ४ हजार टन चामल पठायो
  • २०७८ पुष २९, बिहीबार १४:३१

काठमाडौं । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले...

TOP