२०७८ माघ ४
January 18, 2022, Tuesday

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो ।

सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको हो । भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक अमृता तामाङले आमा र बच्चाको अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ लैजान सिफारिस गरिएको बताउनुभयो ।

Related News

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
  • २०७८ पुष २९, बिहीबार १४:१९

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
त्रिशूली अस्पतालमा सेवा प्रभावित
  • २०७८ पुष २९, बिहीबार १४:१९

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
  • २०७८ पुष २९, बिहीबार १४:१९

काठमाडौँ ।  जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत्...

TOP