२०८१ बैशाख ७
April 19, 2024, Friday

सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

बुधबार भएको सो दुर्घटनामा परेर अरु १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाई रहेको छ । निकै दु्रत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो ।

आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्ररी जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७८ पुष २९, बिहीबार १४:२९ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७८ पुष २९, बिहीबार १४:२९ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७८ पुष २९, बिहीबार १४:२९ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP